चाणक्य नीति

«

चाणक्य नीति अध्याय ४ श्लाेक १
आयुः कर्म च वित्तं च विद्या निधनमेव च ।
पञ्चैतानि हि सृज्यन्ते गर्भस्थस्यैव देहिनः ॥ ०४-०१
यी कुराहरु जीव आमाको गर्भमा आउँदा नै निश्चित हुन्छन् – आयु, कर्म, धन र विद्या ।।१।।

चाणक्य नीति अध्याय ४ श्लाेक २
साधुभ्यस्ते निवर्तन्ते पुत्रमित्राणि बान्धवाः ।
ये च तैः सह गन्तारस्तद्धर्मात्सुकृतं कुलम् ॥ ०४-०२
पुत्र, मित्र र बान्धवहरु साधुहरुको सङ्गतबाट टाढा हुन खोज्छन् किनकी तिनीहरुलाई साधुहरुको आचरण मूर्खतापूर्ण लाग्दछ तर जो साधुको आज्ञा अनुरुप आचरण गर्दछन्, उनीहरुमा भक्ति जागृति हुन्छ र तिनीहरुको सम्पूर्ण कुल नै धन्य हुन्छ ।।२।।

चाणक्य नीति अध्याय ४ श्लाेक ३
दर्शनध्यानसंस्पर्शैर्मत्सी कूर्मी च पक्षिणी ।
शिशुं पालयते नित्यं तथा सज्जन-संगतिः ॥ ०४-०३
जसरी माछाले दृष्टिले, कछुवाले ध्यानले र पंक्षीले स्पर्शले आफ्ना बच्चाहरुको पालना गर्दछन्, त्यस्तै नै सज्जनहरुको संगतले मानिसहरुको पालनपोषण हुन्छ ।।३।।

चाणक्य नीति अध्याय ४ श्लाेक ४
यावत्स्वस्थो ह्ययं देहो यावन्मृत्युश्च दूरतः ।
तावदात्महितं कुर्यात्प्राणान्ते किं करिष्यति ॥ ०४-०४
जबसम्म शरीर स्वस्थ्य र आफ्नो नियन्त्रणमा हुन्छ, तबसम्म मृत्यु पनि टाढा रहन्छ । त्यस समयसम्म मानिसले आत्मकल्याण गर्ने र धर्मयुक्त आचरण गर्नुपर्दछ । जब मृत्यु नजिक देखिन्छ वा प्राणको अन्त्य भएपछि त मानिसले के गर्न सक्छ ? ।।४।।

चाणक्य नीति अध्याय ४ श्लाेक ५
कामधेनुगुणा विद्या ह्यकाले फलदायिनी ।
प्रवासे मातृसदृशी विद्या गुप्तं धनं स्मृतम् ॥ ०४-०५
विद्यामा कामधेनुको समान गुण हुन्छ जसले हर मौसममा फल दिन्छ । विदेशमा विद्याले नै आमाको समान रक्षा र कल्याण गर्दछ, त्यसैले विद्यालाई गुप्तधन भनिएको हो ।।५।।

चाणक्य नीति अध्याय ४ श्लाेक ६
एकोऽपि गुणवान्पुत्रो निर्गुणेन शतेन किम् ।
एकश्चन्द्रस्तमो हन्ति न च ताराः सहस्रशः ॥ ०४-०६
धेरै गुणरहित र मूर्ख पुत्रभन्दा एक गुणवान र विद्वान पुत्र हुनु राम्रो हो किनकी हजारौँ ताराहरुले भन्दा एक चन्द्रमाले नै रात्रिलाई प्रकाशित गर्दछ ।।६।।

चाणक्य नीति अध्याय ४ श्लाेक ७
मूर्खश्चिरायुर्जातोऽपि तस्माज्जातमृतो वरः ।
मृतः स चाल्पदुःखाय यावज्जीवं जडो दहेत् ॥ ०४-०७
लामो आयु भएको मूर्ख पुत्रभन्दा जन्मनासाथ मरेको पुत्र श्रेष्ठ हुन्छ किनकी जन्मिनासाथ मरेको पुत्रले एक क्षणको लागि दुःख दिन्छ तर मूर्खले मृत्युपर्यन्त दुःख दिईरहन्छ ।।७।।

चाणक्य नीति अध्याय ४ श्लाेक ८
कुग्रामवासः कुलहीनसेवा
कुभोजनं क्रोधमुखी च भार्या ।
पुत्रश्च मूर्खो विधवा च कन्या
विनाग्निना षट्प्रदहन्ति कायम् ॥ ०४-०८
निम्न कुराहरुले मानिसलाई आगोले भन्दा पनि बढी जलाउँछन् – अनुपयुक्त स्थान वा सुविधाविहिन गाउँमा बास बस्नु, अस्वास्थ्यवर्धक भोजन, झगडालु जीवनसाथी, मूर्ख सन्तान र नीच कुलको व्यक्तिको सेवा ।।८।।

चाणक्य नीति अध्याय ४ श्लाेक ९
किं तया क्रियते धेन्वा या न दोग्ध्री न गर्भिणी ।
कोऽर्थः पुत्रेण जातेन यो न विद्वान् न भक्तिमान् ॥ ०४-०९
जसरी दूध नदिने र गर्भ धारण नगर्ने गाईबाट कुनै फाइदा छैन, त्यसरी नै यदि सन्तान विद्वान छैन र भगवानको भक्त पनि छैन भने त्यस्तो सन्तान हुनुमा केही फाइदा छैन ।।९।।

चाणक्य नीति अध्याय ४ श्लाेक १०
संसारतापदग्धानां त्रयो विश्रान्तिहेतवः ।
अपत्यं च कलत्रं च सतां सङ्गतिरेव च ॥ ०४-१०
यस संसारमा दुःखी व्यक्तिहरुको विश्रान्तिको कारण तीन छन् – गुणवान जीवनसाथी, राम्रा सन्तान र सन्तहरूकाे सङ्गत ।।१०।।

चाणक्य नीति अध्याय ४ श्लाेक ११
सकृज्जल्पन्ति राजानः सकृज्जल्पन्ति पण्डिताः ।
सकृत्कन्याः प्रदीयन्ते त्रीण्येतानि सकृत्सकृत् ॥ ०४-११
राजा एकपटक मात्र आदेश दिन्छन्, पण्डित पनि एकपटक मात्र आज्ञा दिन्छन् ।।११।।

चाणक्य नीति अध्याय ४ श्लाेक १२
एकाकिना तपो द्वाभ्यां पठनं गायनं त्रिभिः ।
चतुर्भिर्गमनं क्षेत्रं पञ्चभिर्बहुभी रणः ॥ ०४-१२
तप अथवा कुनै प्रकारको साधना गर्दा एक्लै गर्नुपर्दछ, यदि दुई जना मिलेर पढ्यो भने अध्ययन राम्रो हुन्छ, गीत गाउन अभ्यास गर्दा तीन जना, कुनै यात्रामा जानुपर्यो भने चार जना, खेती आदि कठिन कार्य गर्नुपर्यो भने पाँच जना र यदि युद्ध गर्न जानुप¥यो भने यो सङ्ख्या धेरैभन्दा धेरै भएको राम्रो हुन्छ ।।१२।।

चाणक्य नीति अध्याय ४ श्लाेक १३
सा भार्या या शुचिर्दक्षा सा भार्या या पतिव्रता ।
सा भार्या या पतिप्रीता सा भार्या सत्यवादिनी ॥ ०४-१३
पतिको लागि पत्नी र पत्नीको लागि पति त्यही उपयुक्त हुन्छ जो मन, वचन र कर्मले एकप्रकारका हुन्छन्, आफ्नो कार्यमा निपुण हुन्छन्, एकअर्काेमा प्रगाढ प्रेम गर्छन्, सत्य संवाद गर्छन्, यस्तो हुँदा श्रेष्ठ हुन्छ ।।१३।।

चाणक्य नीति अध्याय ४ श्लाेक १४
अपुत्रस्य गृहं शून्यं दिशः शून्यास्त्वबान्धवाः ।
मूर्खस्य हृदयं शून्यं सर्वशून्या दरिद्रता ॥ ०४-१४
जुन घरमा सन्तान हुँदैनन्, त्यो घर शून्य मानिन्छ, जसको कोही बन्धु–बान्धव हुँदैनन्, उसको लागि सारा दिशाहरु नै शून्य हुन्छ । मूर्ख व्यक्तिको हृदय शून्य हुन्छ र निर्धन व्यक्तिको लागि त सबै कुरा शून्य हुन्छ ।।१४।।

चाणक्य नीति अध्याय ४ श्लाेक १५
अनभ्यासे विषं शास्त्रमजीर्णे भोजनं विषम् ।
दरिद्रस्य विषं गोष्ठी वृद्धस्य तरुणी विषम् ॥ ०४-१५
जुन आध्यात्मिक ज्ञानको अभ्यास गरिँदैन, त्यो विषसमान हुन्छ, अजीर्ण अथवा भोजन पचेन भने भोजन विषसमान हुन्छ, निर्धन र दरिद्र व्यक्तिको लागि सामाजिक कार्यक्रममा सरिक हुनु विषसमान हुन्छ ।।१५।।

चाणक्य नीति अध्याय ४ श्लाेक १६
त्यजेद्धर्मं दयाहीनं विद्याहीनं गुरुं त्यजेत् ।
त्यजेत्क्रोधमुखीं भार्यां निःस्नेहान्बान्धवांस्त्यजेत् ॥ ०४-१६
व्यक्तिले दया र ममता नभएको धर्मलाई त्याग गर्नुपर्दछ, विद्याहीन गुरुलाई त्याग गर्नुपर्दछ । सधैँ क्रोध गर्ने जीवनसाथीलाई त्याग गर्नुपर्दछ र जो आफन्तमा प्रेम अथवा स्नेहको अभाव छ, तिनीहरुबाट पनि टाढा हुनुपर्दछ ।।१६।।

चाणक्य नीति अध्याय ४ श्लाेक १७
अध्वा जरा देहवतां पर्वतानां जलं जरा ।
अमैथुनं जरा स्त्रीणां वस्त्राणामातपो जरा ॥ ०४-१७
जो मनुष्य धेरै पैदल हिँड्छ भने छिटो बूढो हुन्छ । हरसमय बाँधेर राखेमा घोडा छिटो बूढो हुन्छ, प्रणय नगरेमा स्त्री छिटो बूढी हुन्छिन् र कपडा घाममा सुखाएमा छिटो बूढो हुन्छ ।।१७।।

चाणक्य नीति अध्याय ४ श्लाेक १८
कः कालः कानि मित्राणि को देशः कौ व्ययागमौ ।
कश्चाहं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुहुः ॥ ०४-१८
बुद्धिमान व्यक्तिले सधैँ यी कुराहरुको ख्याल गर्नुपर्दछ – मेरो समय कस्तो चलिरहेको छ ? मेरा साथीहरु कति जना छन् ? म कुन ठाउँमा बसिरहेको छु ? मेरो आय र व्यय कति छ ? मेरो उर्जाको श्रोत के हो ? ।।१८।।

चाणक्य नीति अध्याय ४ श्लाेक १९
अग्निर्देवो द्विजातीनां मुनीनां हृदि दैवतम् ।
प्रतिमा स्वल्पबुद्धीनां सर्वत्र समदर्शिनः ॥ ०४-१९
द्विज अग्निमा भगवान देख्छन्, भक्तको हृदयमा परमात्माको बास हुन्छ । मंद बुद्धि भएकाहरुलाई मूर्ति नै देवता हुन् र जो समदर्शी छन् उनीहरु परमेश्वर सर्वत्र विद्यमान देख्दछन् ।।१९।।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९