चाणक्य नीति

«

चाणक्य नीति अध्याय ३ श्लाेक १
कस्य दोषः कुले नास्ति व्याधिना को न पीडितः ।
व्यसनं केन न प्राप्तं कस्य सौख्यं निरन्तरम् ॥ ०३-०१
यस जगतमा कुन यस्तो कुल छ, जसमा कुनै दोष छैन, कुन व्यक्ति छ, जसमा कुनै न कुनै रोग वा दुःखले सताएको छैन र को सधैँ सुखीमात्र छ ? ।।१।।

चाणक्य नीति अध्याय ३ श्लाेक २
आचारः कुलमाख्याति देशमाख्याति भाषणम् ।
सम्भ्रमः स्नेहमाख्याति वपुराख्याति भोजनम् ॥ ०३-०२
मानिसको कुलको ख्याति उसको आचरणले बढ्छ, बोलीचालीले उसको देश, अरुलाई प्रकट गर्ने आदरले स्नेह र उसको शरीर देखेर भोजनको अनुमान लगाउन सकिन्छ ।।२।।

चाणक्य नीति अध्याय ३ श्लाेक ३
सुकुले योजयेत्कन्यां पुत्रं विद्यासु योजयेत् ।
व्यसने योजयेच्छत्रुं मित्रं धर्मेण योजयेत् ॥ ०३-०३
ज्ञानीको कर्तव्य यो हो कि सन्तानको विवाह उत्तम कुलमा गर्नु, राम्रो शिक्षा दिनु, शत्रुलाई कुनै आपत्तिमा फसाउनु र मित्रलाई धर्ममा प्रेरित गर्नु ।।३।।

चाणक्य नीति अध्याय ३ श्लाेक ४
दुर्जनस्य च सर्पस्य वरं सर्पो न दुर्जनः ।
सर्पो दंशति काले तु दुर्जनस्तु पदे पदे ॥ ०३-०४
दुष्ट व्यक्ति र सर्पमा कुनै एक छान्नु परेमा सर्पलाई नै छान्नु किनभने सर्पले आफूलाई अप्ठ्यारो परेपछि मात्र डस्दछ, दुर्जनले सधैँ डस्दछ ।।४।।

चाणक्य नीति अध्याय ३ श्लाेक ५
एतदर्थे कुलीनानां नृपाः कुर्वन्ति सङ्ग्रहम् ।
आदिमध्यावसानेषु न ते गच्छन्ति विक्रियाम् ॥ ०३-०५
राजाहरुले कुलीनहरुलाई आफू नजिक यो कारणले राख्दछन् कि तिनीहरुले आरम्भमा, मध्यमा वा विपत्तिको अवस्थामा पनि साथ छोड्दैनन् ।।५।।

चाणक्य नीति अध्याय ३ श्लाेक ६
प्रलये भिन्नमर्यादा भवन्ति किल सागराः ।
सागरा भेदमिच्छन्ति प्रलयेऽपि न साधवः ॥ ०३-०६
समुन्द्रले पनि प्रलयको समयमा आफ्नो मर्यादा छोड्दछ तर साधुहरुले विपत्ति र कष्ट आउँदा पनि आफ्नो मर्यादा छोड्दैनन् ।।६।।

चाणक्य नीति अध्याय ३ श्लाेक ७
मूर्खस्तु प्रहर्तव्यः प्रत्यक्षो द्विपदः पशुः ।
भिद्यते वाक्य-शल्येन अदृशं कण्टकं यथा ॥ ०३-०७
मूर्ख व्यक्तिबाट टाढा नै बस्नुपर्दछ, त्यो दुई खुट्टे पशु समान नै हो । त्यसको वाणीरुपी काँडाले यसरी घोच्छ जसरी अन्धोलाई वनको काँडाले घोच्छ ।।७।।

चाणक्य नीति अध्याय ३ श्लाेक ८
रूपयौवनसम्पन्ना विशालकुलसम्भवाः ।
विद्याहीना न शोभन्ते निर्गन्धाः किंशुका यथा ॥ ०३-०८
ठूलो कूलमा जन्मिएको होस्, रुप र यौवनले सम्पन्न होस् तर पनि विद्याविहीन छ भने सुवास नभएको पलाशको फूलझैँ शोभाहीन हुन्छ ।।८।।

चाणक्य नीति अध्याय ३ श्लाेक ९
कोकिलानां स्वरो रूपं स्त्रीणां रूपं पतिव्रतम् ।
विद्या रूपं कुरूपाणां क्षमा रूपं तपस्विनाम् ॥ ०३-०९
कोईलीको सौन्दर्य उसको स्वरमा हुन्छ, मनुष्यको धर्ममा, कुरुपको विद्यावान हुनुमा र तपस्वीहरुको क्षमाशिलतामा सौन्दर्य हुन्छ ।।९।।

चाणक्य नीति अध्याय ३ श्लाेक १०
त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत् ।
ग्रामं जनपदस्यार्थे आत्मार्थे पृथिवीं त्यजेत् ॥ ०३-१०
कुनै एक व्यक्तिलाई त्याग गर्दा कुलको रक्षा हुन्छ, उन्नति हुन्छ, सुख–शान्ति हुन्छ भने त्यस एक व्यक्तिलाई त्याग्नुपर्दछ, गाउँको लागि एक कुललाई, देशको लागि एक गाउँलाई र यदि आफ्नो आत्माको उन्नतिको लागि हो भने सम्पूर्ण पृथ्वी नै छोड्नुपर्दछ ।।१०।।

चाणक्य नीति अध्याय ३ श्लाेक ११
उद्योगे नास्ति दारिद्र्यं जपतो नास्ति पातकम् ।
मौनेन कलहो नास्ति नास्ति जागरिते भयम् ॥ ०३-११
जो उद्यमशील हुन्छन्, तिनीहरु दरिद्र हुँदैनन्, हरपल भगवानको जप गर्नेमा पाप हुँदैन, मौन बस्न सक्ने झगडामा पर्दैनन् र जो जागृत हुन्छन् उनीहरुमा भय हुँदैन ।।११।।

चाणक्य नीति अध्याय ३ श्लाेक १२
अतिरूपेण वा सीता अतिगर्वेण रावणः ।
अतिदानाद्बलिर्बद्धो ह्यतिसर्वत्र वर्जयेत् ॥ ०३-१२
अत्यन्त रुपवती हुनाले सीताको हरण भयो, अभिमानी हुनाले रावण मारियो र धेरै दानवान हुनाले राजा बलि बाँधिए । त्यसैले कुनै पनि कार्यमा अति गर्नुहुँदैन । अतिलाई सर्वत्र त्याग गर्नुपर्दछ ।।१२।।

चाणक्य नीति अध्याय ३ श्लाेक १३
को हि भारः समर्थानां किं दूरं व्यवसायिनाम् ।
को विदेशः सुविद्यानां कः परः प्रियवादिनाम् ॥ ०३-१३
शक्तिशाली व्यक्तिको लागि कुनै पनि कार्य कठिन हुँदैन । व्यापारीहरुको लागि कुनै पनि ठाउँ टाढा हुँदैन । विद्वान व्यक्तिको लागि कुनै पनि स्थान परदेश हुँदैन र प्रिय बोल्ने व्यक्तिको लागि कोही पराई हुँदैन ।।१३।।

चाणक्य नीति अध्याय ३ श्लाेक १४
एकेनापि सुवृक्षेण पुष्पितेन सुगन्धिना ।
वासितं तद्वनं सर्वं सुपुत्रेण कुलं यथा ॥ ०३-१४
जुनप्रकार सुगन्धित फूलले भरिएको एकै वृक्षले सम्पूर्ण जङ्गल सुगन्धित हुन्छ, त्यसैप्रकार एउटा सुपुत्रले सम्पूर्ण कुलको सोभा बढाउँछ ।।१४।।

चाणक्य नीति अध्याय ३ श्लाेक १५
एकेन शुष्कवृक्षेण दह्यमानेन वह्निना ।
दह्यते तद्वनं सर्वं कुपुत्रेण कुलं यथा ॥ ०३-१५
जुनप्रकार एउटा सुकेको वृक्षमा आगो लाग्दा सम्पूर्ण जङ्गल जलेर भष्म हुन्छ, त्यसैप्रकार एउटा कुपुत्रले सम्पूर्ण कुललाई भष्म गर्दछ ।।१५।।

चाणक्य नीति अध्याय ३ श्लाेक १६
एकेनापि सुपुत्रेण विद्यायुक्तेन साधुना ।
आह्लादितं कुलं सर्वं यथा चन्द्रेण शर्वरी ॥ ०३-१६
एउटै पुत्र यदि विद्वान र राम्रो स्वभाव भएको भएमा सम्पूर्ण कुललाई यसरी आनन्दित तुल्याउँछ, जसरी रात्रिमा चन्द्रमाले ।।१६।।

चाणक्य नीति अध्याय ३ श्लाेक १७
किं जातैर्बहुभिः पुत्रैः शोकसन्तापकारकैः ।
वरमेकः कुलालम्बी यत्र विश्राम्यते कुलम् ॥ ०३-१७
यस्तो दुःख दिने, निराशा ल्याउने धेरै पुत्रको जन्म भएर के लाभ ? कुलको सहारा दिने एक पुत्र नै श्रेष्ठ हुन्छ जसको आश्रयमा पुरै कुलले शान्ति अनुभव गर्दछ ।।१७।।

चाणक्य नीति अध्याय ३ श्लाेक १८
लालयेत्पञ्चवर्षाणि दशवर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रे मित्रवदाचरेत् ॥ ०३-१८
पाँच वर्षको उमेरसम्म पुत्रलाई माया गर्नुपर्छ, त्यसपछि दस वर्षसम्म कडा अनुशासनमा राख्नुपर्छ तर सोह्र वर्षको आयुपछि पुत्रलाई साथीजस्तै समान व्यवहार गर्नुपर्छ ।।१८।।

चाणक्य नीति अध्याय ३ श्लाेक १९
उपसर्गेऽन्यचक्रे च दुर्भिक्षे च भयावहे ।
असाधुजनसम्पर्के यः पलायेत्स जीवति ॥ ०३-१९
जो व्यक्ति यी परिस्थितिहरुमा सबै छोडेर भाग्न सक्दछ, ऊ मृत्युको मुखबाट बाँच्दछ – प्राकृतिक आपत्तिहरुमा, झै–झगडा दंगा हुँदा, महामारीमा, शत्रुको आक्रमण हुँदा, अकाल पर्दा र दुष्ट व्यक्तिहरुसँग हुँदा ।।१९।।

चाणक्य नीति अध्याय ३ श्लाेक २०
धर्मार्थकाममोक्षाणां यस्यैकोऽपि न विद्यते ।
अजागलस्तनस्येव तस्य जन्म निरर्थकम् ॥ ०३-२०
जो व्यक्तिसँग धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थहरु मध्ये कुनै एक पनि छैन, ऊ मनुष्य जन्ममा बारम्बार जन्म लिएर मर्दछ, उसले मनुष्य जन्म लिनु व्यर्थ हुन्छ ।।२०।।

चाणक्य नीति अध्याय ३ श्लाेक २१
मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसञ्चितम् ।
दाम्पत्ये कलहो नास्ति तत्र श्रीः स्वयमागता ॥ ०३-२१
जहाँ मूर्खको पूजा हुँदैन, जहाँ अन्नादि धेरै मात्रामा जम्मा गरिएको छ, जहाँ पति–पत्नीमा कुनै प्रकारको झगडा हुँदैन, यस्तो स्थानमा माता लक्ष्मी आफैँ आएर बस्नुहुन्छ ।।२१।।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१