चाणक्य नीति

«

चाणक्य नीति अध्याय १ श्लाेक १
प्रणम्य शिरसा विष्णुं त्रैलोक्याधिपतिं प्रभुम् ।
नानाशास्त्रोद्धृतं वक्ष्ये राजनीतिसमुच्चयम् ॥ ०१-०१
सर्वशक्तिमान भगवान विष्णु जो तिनै लोकको स्वामी हुनुहुन्छ, उहाँलाई नमन गरेर अनेक शास्त्रहरुको सहायताले म एक राज्यको नीतिको निमित्त शुत्रहरु वर्णन गर्दछु ।।१।।

चाणक्य नीति अध्याय १ श्लाेक २
अधीत्येदं यथाशास्त्रं नरो जानाति सत्तमः ।
धर्मोपदेशविख्यातं कार्याकार्यं शुभाशुभम् ॥ ०१-०२
यस शास्त्रलाई विधिपूर्वक अध्ययन गरेर श्रेष्ठ पुरुषलाई वैभवशाली कर्तव्यहरुको ज्ञान हुन्छ र धर्मशास्त्रमा बताईएको कार्य–अकार्य, पुण्य–पाप र धर्म–अधर्म जान्दछन् ।।२।।

चाणक्य नीति अध्याय १ श्लाेक ३
तदहं सम्प्रवक्ष्यामि लोकानां हितकाम्यया ।
येन विज्ञातमात्रेण सर्वज्ञात्वं प्रपद्यते ॥ ०१-०३
मानवमात्रको कल्याणको निमित्त म राजनीतिको त्यो ज्ञान भन्दछु जुन जानेर मनुष्यले सही परिपेक्ष जान्दछ ।।३।।

चाणक्य नीति अध्याय १ श्लाेक ४
मूर्खशिष्योपदेशेन दुष्टस्त्रीभरणेन च ।
दुःखितैः सम्प्रयोगेण पण्डितोऽप्यवसीदति ॥ ०१-०४
बुद्धिमान व्यक्तिले पनि दुःख भोग्नु पर्दछ यदि उसले मूर्ख शिष्यलाई उपदेश दिन्छ भने, दुष्ट–व्यभिचारिणी स्त्रीलाई पालन–पोषण गर्छ भने र दुःखी व्यक्तिलाई साथी बनाउँछ भने ।।४।।

चाणक्य नीति अध्याय १ श्लाेक ५
दुष्टा भार्या शठं मित्रं भृत्यश्चोत्तरदायकः ।
ससर्पे च गृहे वासो मृत्युरेव न संशयः ॥ ०१-०५
कठोर वचन बोल्ने, दुराचारयुक्त पति वा पत्नी, धूर्त दुष्ट स्वभाव भएको मुख–मुखै लाग्ने नोकर र यस्तो घर जहाँ सर्प बास हुने सम्भावना हुन्छ, यी सबै मृत्यु समान हुन् ।।५।।

चाणक्य नीति अध्याय १ श्लाेक ६
आपदर्थे धनं रक्षेद्दारान् रक्षेद्धनैरपि ।
आत्मानं सततं रक्षेद्दारैरपि धनैरपि ॥ ०१-०६
व्यक्तिले कुनै कष्ट अथवा आपतकालको निमित्त धनको रक्षा गर्नुपर्दछ । धन खर्च गरेर पनि पति/पत्नीको रक्षा गर्नुपर्दछ तर यदि आत्माको रक्षाको अवस्था आउँछ भने सबै छोडेर आफ्नो रक्षा गर्नुपर्दछ ।।६।।

चाणक्य नीति अध्याय १ श्लाेक ७
आपदर्थे धनं रक्षेच्छ्रीमतां कुत आपदः ।
कदाचिच्चलते लक्ष्मीः सञ्चितोऽपि विनश्यति ॥ ०१-०७
आपत्तिकालको निमित्त धनको रक्षा गर्नुपर्दछ । तर यस्तो सोच्नुहुन्न कि धनी पुरुषको लागि के विपत्ति ? फेरि लक्ष्मी त चञ्चल छिन्, उनले साथ छोड्दा संगठित धन पनि नष्ट हुन्छ ।।७।।

चाणक्य नीति अध्याय १ श्लाेक ८
यस्मिन्देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः ।
न च विद्यागमोऽप्यस्ति वासं तत्र न कारयेत् ॥ ०१-०८
यस्तो देशमा एकदिन पनि निवास गर्नु उचित हुँदैन जुन देशमा ईज्जत मिल्दैन, रोजगारीको व्यवस्था पनि छैन, जहाँ कोही बन्धु–बान्धव छैनन् तथा कुनै प्रकारको विद्याको निमित्त सम्भावना छैन ।।८।।

चाणक्य नीति अध्याय १ श्लाेक ९
धनिकः श्रोत्रियो राजा नदी वैद्यस्तु पञ्चमः ।
पञ्च यत्र न विद्यन्ते न तत्र दिवसं वसेत् ॥ ०१-०९
त्यहाँ एक दिन पनि बस्नु हुँदैन जहाँ यी पाँच छैनन् – विद्वान, धनवान, राजा, नदी र चिकित्सक ।।९।।

चाणक्य नीति अध्याय १ श्लाेक १०
लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता ।
पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र संस्थितिम् ॥ ०१-१०
जहाँ जीवन चलाउनको निमित्त कुनै साधन छैन, डर, लाज, कुशलता, दान गर्ने प्रवृत्ति र त्यागको भावना विकसित भएको छैन भने त्यहाँका मानिसको साथमा बस्नुहुँदैन ।।१०।।

चाणक्य नीति अध्याय १ श्लाेक ११
जानीयात्प्रेषणे भृत्यान्बान्धवान् व्यसनागमे ।
मित्रं चापत्तिकालेषु भार्यां च विभवक्षये ॥ ०१-११
काम पर्दा नोकरको, दुःख पर्दा बन्धु–बान्धवको, कष्ट पर्दा मित्रको र धन नाश हुँदा पति/पत्नीको वास्तविकताको ज्ञान हुन्छ ।।११।।

चाणक्य नीति अध्याय १ श्लाेक १२
आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसङ्कटे ।
राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धवः ॥ ०१-१२
कुनै रोगले पिडित हुँदा, दुःख आउँदा, अकाल पर्दा, शत्रुहरुबाट संकट आउँदा, राजसभामा जाँदा र श्मशानमा जो व्यक्तिले साथ छोड्दैन, वास्तवमा उही नै साँचो मित्र हो ।।१२।।

चाणक्य नीति अध्याय १ श्लाेक १३
यो ध्रुवाणि परित्यज्य अध्रुवं परिषेवते ।
ध्रुवाणि तस्य नश्यन्ति चाध्रुवं नष्टमेव हि ॥ ०१-१३
जसले निश्चित वस्तुलाई छोडेर अनिश्चित वस्तुको साधना गर्दछ, त्यसको अनिश्चित वस्तुको नाश हुन्छ नै निश्चित वस्तु पनि गुमाउँछ ।।१३।।

चाणक्य नीति अध्याय १ श्लाेक १४
वरयेत्कुलजां प्राज्ञो विरूपामपि कन्यकाम् ।
रूपशीलां न नीचस्य विवाहः सदृशे कुले ॥ ०१-१४
बुद्धिमानले उत्तम कुल छ भने कुरुप भए पनि विवाह गर्नु तर नीच कुल छ भने रुपवान भए पनि विवाह नगर्नु । विवाह आफ्नो समान कुलमा नै गर्नुपर्दछ ।।१४।।

चाणक्य नीति अध्याय १ श्लाेक १५
नदीनां शस्त्रपाणीनांनखीनां शृङ्गिणां तथा ।
विश्वासो नैव कर्तव्यः स्त्रीषु राजकुलेषु च ॥ ०१-१५
ठूलो नङ्ग्रा र सिङ हुनेसँग, शस्त्रधारीसँग, नदीसँग र राजकुलको व्यक्तिसँगको विश्वास घातक हुन सक्छ ।।१५।।

चाणक्य नीति अध्याय १ श्लाेक १६
विषादप्यमृतं ग्राह्यममेध्यादपि काञ्चनम् ।
अमित्रादपि सद्वृत्तं बालादपि सुभाषितम् ॥ ०१-१६
विषबाट अमृत, अपवित्रबाट सुन, नीच व्यक्तिबाट राम्रो विद्या र दुष्टकुल भए पनि गुणवान भए ग्रहण गर्नुपर्दछ ।।१६।।

चाणक्य नीति अध्याय १ श्लाेक १७
स्त्रीणां द्विगुण आहारो लज्जा चापि चतुर्गुणा ।
साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः ॥ ०१-१७
पुरुषको तुलनामा स्त्रीको आहार दुई गुणा, लज्जा चार गुणा, साहस छ गुणा र कामेच्छा आठ गुणा बढी हुन्छ ।।१७।।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७