चाणक्य नीति

«

चाणक्य नीति अध्याय २ श्लाेक १
अनृतं साहसं माया मूर्खत्वमतिलोभिता ।
अशौचत्वं निर्दयत्वं मनुष्याणां दोषाः स्वभावजाः ॥ ०२-०१
झूठो बोल्नु, साहस गर्नु, मोह राख्नु, कपट गर्नु, मूर्खता, लोभ गर्नु, अपवित्रता, दयाहिनता, अपवित्रता यी मनुष्यका नैसर्गिक दुर्गुण हुन् ।।१।।

चाणक्य नीति अध्याय २ श्लाेक २
भोज्यं भोजनशक्तिश्च रतिशक्तिर्वराङ्गना ।
विभवो दानशक्तिश्च नाल्पस्य तपसः फलम् ॥ ०२-०२
भोजनको निमित्त राम्रो पदार्थ प्राप्त हुनु, खाएर पचाउन सक्नु, कामशक्ति सक्नु, सम्पत्ति साथसाथै दान दिने हुन सक्नु, यी गुणहरु सामान्य तपका फल होइनन् ।।२।।

चाणक्य नीति अध्याय २ श्लाेक ३
यस्य पुत्रो वशीभूतो भार्या छन्दानुगामिनी ।
विभवे यश्च सन्तुष्टस्तस्य स्वर्ग इहैव हि ॥ ०२-०३
त्यस व्यक्तिलाई धर्तीमा नै स्वर्ग हुन्छ जसको छोरो आज्ञा अनुरुप चल्दछ, पति–पत्नीमा मिलन छ, जसले आफ्नो ऐश्वर्यमा सन्तोष गर्दछ ।।३।।

चाणक्य नीति अध्याय २ श्लाेक ४
ते पुत्रा ये पितुर्भक्ताः स पिता यस्तु पोषकः ।
तन्मित्रं यत्र विश्वासः सा भार्या यत्र निर्वृतिः ॥ ०२-०४
पुत्र तिनै हुन् जो पितृभक्त छन्, पिता त्यही हुन् जसले पालन–पोषण गर्दछन्, मित्र त्यही हुन् जो माथि विश्वास गर्न सकिन्छ र जीवनसाथी त्यही हुन् जसबाट सुख प्राप्त हुन्छ ।।४।।

चाणक्य नीति अध्याय २ श्लाेक ५
परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम् ।
वर्जयेत्तादृशं मित्रं विषकुम्भं पयोमुखम् ॥ ०२-०५
यस्तो मित्रसँग त बच्नुपर्छ जो पछाडि हुँदा काम बिगार्छन् र अगाडि हुँदा मिठो बोल्छन् । त्यस्तो मित्रलाई विषपूर्ण घडाको मुखमा रहेको दूधलाई झैँ त्याग्नुपर्दछ ।।५।।

चाणक्य नीति अध्याय २ श्लाेक ६
न विश्वसेत्कुमित्रे च मित्रे चापि न विश्वसेत् ।
कदाचित्कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत् ॥ ०२-०६
जो साँचो मित्र छैन, ऊ माथि त विश्वास गर्नुहुँदैन तर साँचो मित्रमाथि पनि पूर्ण विश्वास गर्नुहुँदैन किनभने रिसाएको बेलामा उसले सबै गोप्य कुराहरु खोलिदिन्छ ।।६।।

चाणक्य नीति अध्याय २ श्लाेक ७
मनसा चिन्तितं कार्यं वाचा नैव प्रकाशयेत् ।
मन्त्रेण रक्षयेद्गूढं कार्ये चापि नियोजयेत् ॥ ०२-०७
मनले सोचेको कार्य वाणीद्वारा प्रकट गर्नुहुँदैन, मननपूर्वक राम्ररी सोचेर रक्षा गर्नुपर्दछ र चुप रहेर सोचेको कुरालाई कार्यमा परिणत गर्नुपर्दछ ।।७।।

चाणक्य नीति अध्याय २ श्लाेक ८
कष्टं च खलु मूर्खत्वं कष्टं च खलु यौवनम् ।
कष्टात्कष्टतरं चैव परगेहनिवासनम् ॥ ०२-०८
मूर्खता दुःखदायी हुन्छ र जवानी पनि निश्चित नै दुःखदायी हुन्छ तर त्यो भन्दा पनि दुःख कोही माथि आश्रित हुनुमा हुन्छ ।।८।।

चाणक्य नीति अध्याय २ श्लाेक ९
शैले शैले च माणिक्यं मौक्तिकं न गजे गजे ।
साधवो न हि सर्वत्र चन्दनं न वने वने ॥ ०२-०९
सबै पहाडहरुमा रत्न र मणी पाईँदैन, न प्रत्येक हात्तीको गण्डस्थलमा मणी हुन्छ । त्यस्तै साधुहरु जहाँ तहीँ पाईँदैनन् र चन्दन पनि सबै वनमा पाईँदैन ।।९।।

चाणक्य नीति अध्याय २ श्लाेक १०
पुत्राश्च विविधैः शीलैर्नियोज्याः सततं बुधैः ।
नीतिज्ञाः शीलसम्पन्ना भवन्ति कुलपूजिताः ॥ ०२-१०
बुद्धिमान व्यक्तिले आफ्नो छोराछोरीलाई अनेक प्रकारका राम्रा गुणहरु सिकाउनुपर्दछ किनकी नीतिज्ञ र शील सम्पन्न व्यक्ति नै कुलमा पूजित हुन्छन् ।।१०।।

चाणक्य नीति अध्याय २ श्लाेक ११
माता शत्रुः पिता वैरी याभ्यां बाला न पाठिताः ।
सभामध्ये न शोभन्ते हंसमध्ये बको यथा ॥ ०२-११
जसले आफ्नो बच्चाहरुलाई पढाउँदैनन् ति मातापिता सन्तानका शत्रु हुन्छन् किनकी अनपढ बालकले सभाहरुमा शोभा पाउँदैनन् । उनीहरुको अपमान त्यही प्रकार हुन्छ जसरी हाँसको बथानमा बकुलाको जस्तो ।।११।।

चाणक्य नीति अध्याय २ श्लाेक १२
लालनाद्बहवो दोषास्ताडने बहवो गुणाः ।
तस्मात्पुत्रं च शिष्यं च ताडयेन्न तु लालयेत् ॥ ०२-१२
धेरै स्नेह देखाउँदा दोषहरु उत्पन्न हुन सक्छन्, ताडनामा धेरै गुणहरु हुन्छन् । त्यसैले शिष्य र छोरालाई स्नेहको साथसाथै ताडना गर्नुपर्दछ ।।१२।।

चाणक्य नीति अध्याय २ श्लाेक १३
श्लोकेन वा तदर्धेन तदर्धार्धाक्षरेण वा ।
अबन्ध्यं दिवसं कुर्याद्दानाध्ययनकर्मभिः ॥ ०२-१३
व्यक्तिले दिनमा एक श्लोकको अध्ययन, चिन्तन र मनन गर्नुपर्दछ । यदि एक श्लोक सकिएन भने आधा श्लोक वा त्यो पनि सकिएन भने एक अक्षरको भए पनि प्रतिदिन अध्ययन गर्नुपर्दछ, यस्तो नीतिशास्त्रको आज्ञा छ । त्यस्तो दिन व्यर्थ हुन्छ यदि त्यो दिनमा दान, अभ्यास वा कुनै पवित्र कार्य गरिएन भने ।।१३।।

चाणक्य नीति अध्याय २ श्लाेक १४
प्रेमवियोगः स्वजनापमानं
ऋणस्य शेषं कुनृपस्य सेवा ।
दारिद्र्यभावाद्विमुखं च मित्रं
विनाग्निना पञ्च दहन्ति कायम् ॥ ०२-१४
प्रेममा वियोग, स्वजनबाट अनादर, दुष्ट मालिकको सेवा, ऋणको शेष, मूर्खहरुको सभा वा समाज, यी सबैले अग्निविना नै शरीरलाई हर समय जलाउँछन् ।।१४।।

चाणक्य नीति अध्याय २ श्लाेक १५
नदीतीरे च ये वृक्षाः परगेहेषु कामिनी ।
मन्त्रहीनाश्च राजानः शीघ्रं नश्यन्त्यसंशयम् ॥ ०२-१५
नदीको किनारामा उत्पन्न वृक्ष र जुन राजासँग मन्त्रीहरु छैनन्, यी निश्चित नै छिटै नाश हुन्छन् ।।१५।।

चाणक्य नीति अध्याय २ श्लाेक १६
बलं विद्या च विप्राणां राज्ञां सैन्यं बलं तथा ।
बलं वित्तं च वैश्यानां शूद्राणां पारिचर्यकम् ॥ ०२-१६
ब्राह्मणहरुको बल विद्या हो, राजाहरुको बल सेना, वैश्यहरुको बल धन हो भने शुद्रहरुको बल कारीगरी हो ।।१६।।

चाणक्य नीति अध्याय २ श्लाेक १७
निर्धनं पुरुषं वेश्या प्रजा भग्नं नृपं त्यजेत् ।
खगा वीतफलं वृक्षं भुक्त्वा चाभ्यागतो गृहम् ॥ ०२-१७
वेश्याले निर्धन पुरुषलाई, प्रजाले पराजित राजालाई, पंक्षीले फलहीन वृक्षलाई र पाहुनाले भोजनपछिको घरलाई त्याग गर्दछन् ।।१७।।

चाणक्य नीति अध्याय २ श्लाेक १८
गृहीत्वा दक्षिणां विप्रास्त्यजन्ति यजमानकम् ।
प्राप्तविद्या गुरुं शिष्या दग्धारण्यं मृगास्तथा ॥ ०२-१८
ब्राह्मणले दक्षिणा प्राप्त गरेपछि यजमानको घर छोड्छ, विद्या प्राप्त गरेपछि शिष्यले गुरुको आश्रम छोड्छ र डढेलो लागेको वन मृगादिले छोड्छन् ।।१८।।

चाणक्य नीति अध्याय २ श्लाेक १९
दुराचारी दुरादृष्टिर्दुरावासी च दुर्जनः ।
यन्मैत्री क्रियते पुंभिर्नरः शीघ्रं विनश्यति ॥ ०२-१९
जसको आचरण र विचार खराब छ, कुसंगत छ, जो दुर्जन छ, यिनीहरुसँग मित्रता गर्ने व्यक्ति चाँडै नै नष्ट हुन्छ ।।१९।।

चाणक्य नीति अध्याय २ श्लाेक २०
समाने शोभते प्रीतिः राज्ञि सेवा च शोभते ।
वाणिज्यं व्यवहारेषु दिव्या स्त्री शोभते गृहे ॥ ०२-२०
प्रेम र मित्रता समान व्यक्तिमा ठीक हुन्छ, राजाको नोकरी उत्तम हुन्छ, कार्यहरुमा व्यापार सबैभन्दा राम्रो हुन्छ र उत्तम गुण भएको मनुष्यको कारण घरको शोभा बढ्छ ।।२०।।
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०